गुजरात बन्यो प्लेअफमा पुग्ने पहिलो टोली, हैदराबाद बाहिरियो

काठमाडौं । गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराईजर्स हैदराबादलाई हराएको छ । सोमबार राती घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हैदराबादलाई ३४ रनले परजित गरेको हो ।

योसँगै गुजरात प्रतियोगिताको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो । जितसँगै अठार अंक सहित गुजरात शीर्ष स्थानमा कायमै रहेको छ भने हारसँगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको हैदराबाद नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *