भीम रावलले लेखे- षड्यन्त्र भए इतिहासले माफी दिने छैन
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा चासो देखाएका छन् । उनले सामाजिक सञ्जालमार्फत अनुसन्धानमा फितलो हुनसक्ने भन्दै चासो देखाएका हुन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने उनको भनाई छ । ‘राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानुन र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ, इतिहासले माफी दिने छैन,’ नेता रावलले भनेका छन् ।
नक्कलि भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरुलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ। राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी,शहीदको रगतको अपमान,संविधान,कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ। इतिहासले माफि दिने छैन।
— Bhim Rawal, PhD (@BhimRawal179) May 16, 2023