सत्ता गठबन्धन दलको बैठक दिउँसो २ बजे बस्ने

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्षका १० दलको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ल्याइने नीति तथा कार्यक्रममाथि छलफल गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ५ जेठमा संसदमा प्रस्तुत गर्ने तयारी गरिएको उक्त नीति तथा कार्यक्रम राष्ट्रपतिको अस्वस्थताका कारण प्रधानन्त्रीले नै प्रस्तुत गर्ने तयारी समेत रहेको छ ।

नीति तथा कार्यक्रम पारित भएपछि १५ जेठमा सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

सत्ता गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टी र नागरिक उन्मुक्ति पार्टीसामेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *