आङटावा शेर्पालाई २ दिन हिरासतमा राख्न अनुमति
मकालु खबर
२०८० जेठ २ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी सामु आत्मसमर्पण गरेका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सोमबार साँझ उनले प्रहरी सामु आत्मसमर्पण गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी संलग्न रहेको पाइएपछि उनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरीले आज उनलाई अदालतमा पेश जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो । अदालतले २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
मकालु खबर
२०८० जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित