रेशम चौधरीको जन्मकैद सदर, टीकापुर घटनामा २ जनाले पाए सफाइ
काठमाडौँ । सर्वोच्च अदालतले रेशम चौधरीसहित टीकापुर नरसंहारका दोषीलाई जिल्ला अदालत र उच्च अदालतले सुनाएको सजायको फैसलालाई सदर गरेको छ ।
दुवै अदालतको फैसलाप्रति पुनरावलोकनको माग सहित दोषी पक्षले सर्बोच्चमा मुद्दा लगेका थिए । उक्त मुद्दाको अन्तिम सुनुवाईपछि सर्वोच्चले पहिलेकै आदेशललाई सदर गरेको हो ।
यो आदेशसँगै चौधरीसहित उक्त घटनाका दोषी जेलबाट छुट्ने सम्भावना सकिएको छ ।
तर, यही घटनामा दाेषी ठहर भई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले ५ वर्ष कैद सयाज सुनाइएका सीताराम चाैधरी र गंगाराम चाैधरीले भने सफाई पाएका छन् । जिल्ला अदालत कैलालीकाे उक्क फैसला २०७७ सालमा उच्च अदालत दिपायलले पनि सदर गरेकाे थियाे । उक्त फैसला सर्वाेच्चले उल्ट्याएकाे हाे ।
त्यस्तै, उक्त घटनामा दाेषी ठहर भई ५ वर्षकाे सजाय सुनाइएका लक्ष्मण थारूकाे जेल सजाय भने ३ वर्षकाे मात्र हुने गरी सर्वाेच्चले फैसला गरेकाे छ ।
यस्ताे छ अदालतकाे संक्षिप्त फैसला