पोखरामा विजुलीका तार अण्डरग्राउण्ड गर्ने तयारी


पोखरा महानगरभित्र विजुलीका तार अण्डरग्राण्ड गर्ने परियोजना सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको सहयोगमा तारलाई भूमिगत गर्न लागिएको हो।
प्राधिकरणले १५ महिनाअघि नै भारतीय कम्पनी टाटा प्रोजेक्ट्सलाई योजनाको जिम्मा दिएको थियो । २०७८ माघमा सम्झौता भएकोमा बल्ल काम सुरु भएको हो। पोखरा १० को कुँडहर क्षेत्रबाट तार भूमिगत आयोजना सुरु भएको छ ।
आयोजना अन्तर्गत कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंक चोक, लेकसाइड, सभागृह चोक, न्यूरोड, चिप्लेढुंगा लगायतका क्षेत्रका तार भूमिगत गरिनेछ। विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइने योजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए।
उनका अनुसार डेढ वर्षभित्रमा तोकिएको काम पूरा हुनेछ । आयोजनालाई आवश्यक तारसहित महत्वपूर्ण उपकरण भारतबाट आयात गरिएको छ। तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा १ अर्ब ३० करोड खर्च हुने बताइएको छ।
सरकारले पोखरा र भरतपुरमा तार विछ््याउन २ अर्ब ५० करोड ३३ लाखमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग सम्झौता गरेको थियो।
