एसीलाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ । इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एसी मिलानलाई १-० गोल अन्तरले पराजित गरेर इन्टर मिलानले समग्रमा ३-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

इन्टर मिलानको जितमा लाउतारो मार्टिनेजले खेलको ७४औं मिनेटमा खेलको एक मात्र गोल गरेका थिए । इन्टर मिलानले यसअघि पहिलो लिगमा २-० को जित हासिल गरेको थियो ।

योसँगै इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्ने प्रयासमा रहेको छ । यस अघि इन्टर मिलान २०१० मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर उपाधि समेत जितेको थियो । इन्टर मिलानले अहिलेसम्म तीन टिम यो उपाधि जितेको छ भने २ पटक उपविजेता बनेको छ ।

सेमिफाइनलको अर्को खेलमा भने रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीच आज राति खेल हुने छ । दुवै पहिलो लिगमा १-१ गोलको बराबरीमा रहेका छन् । यस सिजनको फाइनल खेल आगामी जुन १० मा इस्तानबुलको अटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *