बाबुरामको ट्विट : रेशम क्रान्तिकारी हुन्, सर्वोच्चको फैसलाप्रति सांकेतिक विरोध
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा पूर्व प्रधानमन्त्री भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् ।
टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दिपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो । सोबारे भट्टराईले अदालत र न्यायाधीशले पुराना र विद्यमान कानुन, नजिर, सोच राखेर अपराधको परिभाषा गर्ने र सोही अनुसार अपराधी मानिएकालाई दण्ड सुनाउने बताउँदै इतिहासमा यस्ता अन्तर्विरोध चलिरहने उल्लेख गरेका छन् ।
अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाॅ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन्!इतिहासमा यो अन्तरविरोध… pic.twitter.com/HDadhuhvNM
— Baburam Bhattarai (@brb1954) May 17, 2023