बाबुरामले रेशम चौधरीप्रति ऐक्यबद्धता जनाएपछि आलोचनाकाे ओइरो

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जन्मकैद हुने फैसलालाई सर्वोच्च अदालतले समेत सदर गरेपछि त्यसप्रति पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टी जनाएका छन् । जिल्ला अदालत कैलालीको २०७५ सालको र उच्च अदालत दिपायलको २०७७ सालको उक्त फैसला नै सदर हुने फैसला सर्वोच्च अदालतले गरेपछि डा. बाबुरामले आफ्नो असन्तुष्टी सामाजिक सञ्जाल फेसबुकमार्फत पोखेका हुन् ।

उनले रेशम चौधरीको फोटोसहित राखेर आफ्नो ‘थारू विद्रोहका नेता रेशम चौधरीप्रति हार्दिक ऐक्यबद्धता !’ लेखेर आफ्नो असन्तुष्टी सार्वजनिक गरेका हुन् ।

बाबुरामबाट यस्तो स्टाटस आएपछि आम सर्वसाधारण नेपालीले भने उनको चर्को आलोचना गरेका छन् । फेसबुकमा मर्यादित आलोचना त भइरहेका छन् नै उनीप्रति जथाभावी गाली नै गरिरहेका छन् ।

कैलालीको टीकापुरमा भएको हरुहट आन्दोलनका क्रममा भएको नरसंहारपूर्ण घटनाको मुख्य नाइके मानिएका चौधरीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *