च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्दै
युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड भिड्दैछन्।
दोस्रो लेगको खेल सिटीको मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।
रियलको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको छ।
दुवै टोलीलाई फाइनल पुग्ने सम्भावना छ।
सिटी घरेलु मैदानमा रियललाई पराजित गर्दै पहिलो पटक उपाधि उचाल्ने यात्रालाई थप अगाडी बढाउन चाहन्छ। तर रियल च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम हो।
सिटी घरेलु लिगमा पनि शीर्षस्थानमा छ। तर रियलले भने चार खेल अघि नै घरेलु लिगउपाधिबाट टाढिएको छ।
सिटी २२ खेल यता अपराजित छ। जसमा १८ जित र ४ बराबरीको नतिजा निकालेको छ।
रियलको भने घरेलु लिगमा नतिजा राम्रो छैन।
विजेता टोलीले फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इन्टरले मंगलबार राति एसी मिलानलाई समग्रमा ३–० ले पराजित गरी १३ वर्षपछि फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।