११ बजेका लागि बोलाइएको संसद बैठक, अझै सुरु हुन सकेन
काठमाडौँ । सभामुख देवराज घिमिरेले बिहीबार बिहान ११ बजेका लागि बोलाएको प्रतिनिधि सभा(संसद) बैठक डेढ घण्टा ढिलो हुँदा पनि सुरु हुन सकेको छैन ।
संसदमा आज प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको थियो । तर, बैठक समयमा बस्न सकेको छैन । बैठकअघि सभामुद घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
आजको बैठकमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र त्यसको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम छ ।
प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीलाई अनुकुल हुने दिन संसदमा प्रश्नोत्तर गर्ने कार्यक्रम राख्ने आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमति अनुसार आज प्रश्नोत्तर हुन लागेको हो ।
संसद नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्नबारे ३ दिनअघि नै संसद सचिवालय र प्रधानमन्त्रीलाई जानकारी गराउनु पर्ने व्यवस्था छ ।