नक्कली शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ
मकालु खबर
२०८० जेठ ४ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हज समितिका अध्यक्ष शमशेर मियालाई पक्राउ गरेको छ । उनलाई ऊर्जा मन्त्रालय परिसरबाट प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष मियाले प्रयोग गर्ने गाडी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न विचौलियाले प्रयोग गरेका थिए ।
नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तयारहरुबाट उठाइएको रकम ओसारपसारमा मियाको गाडी प्रयोग भएको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
मकालु खबर
२०८० जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित