भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
मकालु खबर
२०८० जेठ ४ गते
काठमाडौँ । नेपालमा रहेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । बिहीबार उनलाई झापाबाट प्रहरीले पक्राउ गरेको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने गिरोहका व्यक्ति मध्ये पक्राउ परेका ललितपुरका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख दिएको उल्लेख गरेको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए ।
लामो समयदेखि भुटानीलाई आफ्नै देशमा फिर्ता गराउनु पर्छ भन्नेर आन्दोलन गर्दै आएका नेता रिजालले पछिल्लो समय तेस्रो देश पुनर्वासका लागि बाँकी भुटानीको समस्या समाधान गर्न आग्रह गर्दै आएका थिए ।
उनको मागलाई नै आधार बनाएर गृह मन्त्रालयले ३० जेठ २०७६ मा बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
मकालु खबर
२०८० जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित