पोखराबाट चीनमा चार्टर्ड फ्लाइट हुने
मकालु खबर
२०८० जेठ ५ गते
काठमाडौँ । अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा चार्टर्ड फ्लाइट हुने भएको छ । असार पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्न लागिएको सरकारले जनाएको छ ।
नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभामा पर्यटनमन्त्री सुदन किरातीले भने, ‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ ।’
पुस १७ गतेदेखि व्यावसायिक उडान थालेको पोखरा विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान नहुँदा पोखराका उद्योगी, व्यवसायी र सरोकारवालाहरू चिन्तित छन् ।
मकालु खबर
२०८० जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित