कर प्रणाली पुनरावलोकन गरी राजस्व प्रशासन चुस्त बनाइने
मकालु खबर
२०८० जेठ ५ गते
काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने बताएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारका नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
सरकारले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उल्लेख गरेको छ ।
विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने, राजस्व चुहावट, न्युन बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पुँजी पलायनमा कडाइ गर्ने बताए । उनले राजस्वको दायरा बिस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने घोषणा गरे ।
मकालु खबर
२०८० जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित