अदालती भ्रष्टाचार रोक्न उच्चस्तरीय न्याय प्रशासन आयोग गठन गरिने

काठमाडौँ । अदालतमा हुने गरेको भ्रष्टाचार रोक्न सरकारले कडा कदम चाल्ने भएको छ । यस्तो भ्रष्टाचार रोक्न सरकारले उच्चस्तरीय न्याय प्रशासन आयोग गठन गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।

त्यस्तै, न्यायलाई छिटो छरितो र कम खर्चिलो बनाउन आवश्यक कानूनी एवं संरचनात्मक सुधारका लागि सुझाव दिन न्यायपालिकासँगको समन्वय र सहकार्यमा उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *