२००० रूपैयाँका नोट प्रतिबन्ध लगाउने भारतको घोषणा
मकालु खबर
२०८० जेठ ५ गते
भारतले २००० रूपैयाँको नोटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
भारतीय रिजर्भ बैंकले २ हजारका नोट नचालउने भन्दै अब बजारमा नपठाउने घोषणा गरेको हो ।
यद्यपी आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटको आधिकारिकता कायम हुने बैंकले एक सूचनामार्फत जानकारी गराएको छ । बैंकको आधिकारिक ट्वीटर ह्याण्डलमा २ हजारको नोट नचलाउने उल्लेख गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो । त्यो घोषणाको ७ वर्षमै २ हजारको नोटलाई बन्द गर्न लागिएको हो ।
बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ।
मकालु खबर
२०८० जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित