कांग्रेस नेतामाथि आठ करोड बढी ठगीको आरोप, प्रहरीले गर्‍यो पक्राउ

सिन्धुली । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दाबेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरी करोडौँ ठगी गरेको आरोपमा काठमाडाैँबाट पक्राउ परेका हुन् ।

गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैँले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो । पक्राउ परेका गुरुङलाई काठमाडाैँ अदालतबाट म्याद थप गरी ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध प्रहरी परिसर काठमाडाैँमा फरक फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो । गुरुङ विरुद्ध विभिन्न मितिमा व्यवहार सल्टाउने भन्दै सुरेश केसीसँग पटक पटक गरी ७ करोड ७५ लाख रकम र २० तोला सुन लिएको उजुरी छ । केसीसँग आफ्नो सम्पूर्ण सम्पत्ति विशेष अदालतबाट रोक्का भएको र मुद्दा मिलाउन र मुद्दामा खर्च गर्न भनि गुरुङले रकम लिएको पाइएको प्रहरीले जनाएको छ । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *