नीति तथा कार्यक्रम फिर्ता लिनुस् या पुनर्लेखन गर्नुस् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशलाई सही दिशामा अग्रसर बनाउन नसक्ने टिप्पणी गरेका छन् । आइतबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘न छेउ न टुप्पो,’ उनले भने, ‘कहाँबाट हिँडेको, कहाँ पुग्ने हो केही थाहा छैन, यस्तो नीति कार्यक्रले नेपालको अर्को १ वर्ष पनि यत्तिकै खेर जाने देखियो ।’

उनले यो नीति कार्यक्रमले अघिल्ला सरकारले ल्याएका राम्रा कार्यक्रम कुनैलाई पनि आत्मसात गरेर अघि बढाउन नचाहेको र खारेज गरेको उनले बताए ।

उनले यो नीति तथा कार्यक्रम फिर्ता लिएर पुर्नलेखन गरी पुनः पेश गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *