बागमतीको मन्त्रिपरिषद् विस्तार, कांग्रेसका ४ र एसका २ मन्त्री नियुक्त

काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेका हुन् ।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री, रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्साल श्रम रोगगार तथा यातायात र राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छि विकास मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मन्त्रीहरु नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आजै हुने बताइएको छ ।

नेकपा एमाले र राप्रपाको समर्थनमा माओवादी केन्द्रका जमकट्टेल २५ पुसमा मुख्यमन्त्री बनेका हुन् । तर, संघ सरकारमा गठबन्धन परिवर्तन भएपछि अहिले बागमतीमा पनि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् भने कांग्रेस र एस सरकारमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *