नक्कली शरणार्थी प्रकरण : ३२ जनाविरुद्ध मुद्दा चलाउन रायसहित प्रहरीले प्रतिवेदन बुझाउँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जना अभियुक्तविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ ।

काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार प्रतिवेदन आजै बुझाउने तयारी छ । नेपाली नागरिकलाई ठूलो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा १६ जना पक्राउ परिसकेका छन् । थप १६ जना फरास सूचीमा रहेका कार्कीले बताए ।

पक्राउ पर्नेमा पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका निलम्बित सचिव समेत रहेका टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बालदका सुरक्षा सल्लाहाकार इन्द्रजित राईलगायत रहेका छन् ।

फरार हुनेमा बादलका छोरा, इन्द्रजित राईका छोरालगायत छन् । यो प्रहरणमा अडियो प्रकरणमार्फत नाम मुछिएका रामबहादुर थापा बादल, खाँण पत्नी मञ्जु खाँण र शेरबहादुर देउवाकी पत्नी आरजु राणालगायतलाई भने प्रहरीले प्रमाण नपुगेको भन्दै मुद्दा नचाउने भएको छ ।

सरकारी वकिल कार्यालेले भने १० जेठमा अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *