नक्कली शरणार्थी प्रकरणका १६ अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अनुमति (तस्बिरहरू)
मकालु खबर
२०८० जेठ ७ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १६ जना अभियुक्तलाइ थप ३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले उनीहरुलाई सरकारी वकिलमार्फत अदालतमा उस्थित गराएर अनुसन्धानका लागि म्याद थप्न माग गरेको थियो । सोही माग अनुसार काठमाडौँ जिल्ला अदालतले ३ दिनको थप समय दिएको हो ।
आज आइतबार र भोलि सोमबारसम्मका लागि म्याद थप भएको हो । उनीहरुलाई ८ गेतसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको हो । ९ गते उनीहरुलाई पुनः म्याद थपका लागि लैजानु पर्ने छ ।
प्रहरीले आजै अवेरसम्म उक्त प्रकरणमा पक्राउ परेका १६ जना र फरार रहेका १६ जना गरी ३२ जना अभियुक्तविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने भएको छ ।
मकालु खबर
२०८० जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित