नक्कली भुटानी शरणार्थी प्रकरण : सांसद शेर्पाविरुद्ध ५ जना पीडितको जाहेरी
मकालु खबर
२०८० जेठ ७ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध ५ जना पीडितले जाहेरी दिएका छन् ।
शेर्पाबाट आफूहरु ठगीएको भन्दै दोलखाका उनीहरुले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका हुन् ।
हाल उनी प्रहरीको हिरासतमा छन् । आफूमाथि पक्राउ पूर्जी जारी भएछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेर हिरासतमा गइसकेका छन् ।
यो प्रकरणमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । त्यस्तै, १६ जना फरास सूचीमा छन् ।
मकालु खबर
२०८० जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित