संघसँग अधिकार माग्न सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुने
मकालु खबर
२०८० जेठ ८ गते
पोखरा । गण्डकी प्रदेशको आयोजनामा पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला हुने भएको छ ।
बुधबार पोखरामा सबै मुख्यमन्त्रीहरू सहितको उपस्थितिमा छलफल हुने गण्डकी सरकारले जनाएको छ । संघीयता संस्थागत गर्ने उपायको खोजी, आपसका राम्रा सिकाइ आदान प्रदान तथा संघ सरकारसँग लिनुपर्ने हिस्सा खोज्न सामूहिक आवाज तयार गर्न कार्यक्रम राखिएको हो ।
सोही दिन प्रधानमन्त्रीको अध्यक्षतामा रहेको अन्तर प्रदेश समन्वय परिषद्को बैठक समेत हुने बताइएको छ । यसअघि संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीहरूको भेला आयोजना गरेका थिए ।
अहिले सबै प्रदेश सरकार बजेट र नीति तथा कार्यक्रम निर्माणको अन्तिम चरणमा छन् । बजेटको पुर्वसन्ध्यामा हुने भेलाले संघीयतालाई सफल पार्न आवश्यक उपायहरूबारे छलफल हुने बताइएको छ ।
मकालु खबर
२०८० जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित