सात दिनभित्रै दोस्रो पटक सगरमाथा चुचुरोमा कामीरिता
मकालु खबर
२०८० जेठ ९ गते
काठमाडौँ । कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पा २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् । उनी बिहान ९ बजेर २३ मिनेटमा उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
जेठ ३ गते बुधबार सगरमाथा चुचुरोमा पुगेर फर्किएका शेर्पाले बिहान दोस्रोपटक आरोहण गरे । यो सहित सगरमाथाको सर्वाधिक आरोहण गर्नेमा ५३ वर्षीय कामीरिताले कीर्तिमान पनि बनाएका छन् ।
१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
मकालु खबर
२०८० जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित