परम्परा धान्न ल्याइएको नीति कार्यक्रम अझ राम्रो बनाउन सकिन्थ्यो : सांसद वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले सरकारले नयाँ आर्थिक वर्षका लागि परम्परा धान्ने गरी नीति कार्यक्रम ल्याएको भए पनि त्यसमा अझ राम्रो गर्न सकिने ठाउँ रहेको बताएका छन् । संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलपलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘परम्परा धान्न ल्याइएको नीति कार्यक्रम भन्दै यसमा अझ राम्रो गर्न सकिने अवस्था रहेको उनले बताए,’ उनले भने, ‘यसमा उग्र विरोध गर्नु र समर्थन गर्नु आवश्यक छैन । हामी रचनात्मक रुपमा आफ्ना धारणा राख्छौँ ।’
उनले कर्मकाण्डलाई क्रम भङ्गतातिर लाने हो भने सरकारका सिद्धान्त तथा प्राथमिकतालाई नीति तथा कार्यक्रममै जोडेर ल्याउन मिल्ने उनले बताए । त्यस्तै, नीति कार्यक्रम ल्याएपछि बजेटमा नीति तथा कार्यक्रमका विषय नदोहोरिने गरी आउने बताए ।
‘अहिले हेर्दा मन्त्रालय तथा नीतिकालयरुले आफ्ना प्राथमिकताका विषयहरु पठाउने र त्यसैलाई कम्पाइल गरेर नीति कार्यक्रम ल्याउन चलन चल्दै आएको छ,’ उनले भने, ‘फmेरि त्यही कुरा बजेटमा दोहोर्याउने गरिएको छ ।’
उनले सरकारले बजेट बनाउँदा अनुमान गर्ने गरेको आयका स्रोहरु भत्किएको अवस्था रहेकोले अलि संयमित भएर सञ्चालन खर्च घटाउने कार्यक्रमसहितको बजेट आउनु पर्ने बताए ।
जस्तै एकै प्रकृतिका सार्वजनिक संस्थानहरुलाई एउटै व्यवस्थापनले हेर्ने व्यवस्था गरिने सहज हुन्छ ।