निजगढ विमानस्थल, बुढीगण्डकी जस्ता ठूला आयोजना बजेटले अघि बढाउनुपर्छ : सांसद पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डे निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजना जस्ता ठूला देश देशकै अर्थव्यवस्थामा टेवा दिने आयोजना आगामी बजेटमार्फत अबिलम्ब अघि बढाउनुपर्ने बताएका छन् । प्रतिनीति सभा संसदमा जारी जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन् ।
बुढीगण्डकी आयोजनाका झण्डै १ खर्ब रुपैयासम्म सरकारले पूर्वाधार करको रुपमा पेट्रोलियम बिक्रीबाट उठाइसकेको पनि उनले बताए ।
‘नीति तथा कार्यक्रम फिर्ता लिनु पर्दैन, पुनर्लेखन गर्नु पनि पर्दैन,’ उनले भने, ‘तर, संसदमा सांसदहरुले राख्नु भएको राम्रा सुझावलाई नीति कार्यक्रमले समेट्नु पर्छ ।’
उनले पृथ्वी राजमार्गको धार्केदेखि मुग्लिनसम्म समानान्तर अर्को मार्ग समेत निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘आजभन्दा १० वर्षअघि १२ हजार गाडी गुड्थे,’ उनले भने, ‘अहिले २४ हजार गुड्छन् । त्यसो हुँदा अबको १० वर्षपछि ४० हजार गुड्छन् । त्यसो हुँदा धार्केबाट पारिपारी हुँदै मुग्लिन निस्कने गरी अर्को समानान्तर सडक बनाउनुपर्छ ।’
त्यस्तै, हामीले अदक्ष जनशक्ति विदेश पठाउने गरेकोमा तालिम दिएर सीपयुक्त जनशक्ति विदेश पाठाउने हो भने हाम्रो रेमिट्यान्स बढ्ने उनले बताए ।
नेपालमा नदीको चरम दोहन भएकोले त्यसलाई कडा नियमन गर्नुपर्ने उनले बताए ।
पठाओ, टुटल जस्ता साधनबाट विदेशीलाई पैसा जाने गरेकोले नेपालले आफ्नै यस्ता सवारी चलाउनु पर्ने उनले बताए ।