मन्त्रिपरिषद् ११ औँ पटक विस्तार, जसपाबाट मन्त्री र राज्यमन्त्री थपिए
मकालु खबर
२०८० जेठ ९ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार ११ औँ पटक प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यसपटक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)का वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री र राज्यमन्त्री नियुक्त गरेका हुन् ।
मकालु खबर
२०८० जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित