मुख्यमन्त्री सहमतिविपरीत अघि बढ्न खोजेपछि लोसपा, माओवादी र जनमत एक ठाउँमा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सहमती विपरित सरकार विस्तार गर्न खोजेपछि सत्तारुढ तीन दल एक ठाउँमा उभिएको छ ।

नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीको संयुक्त बैठक जनकपुरधाममा सुरु भएको हो । माओवादी केहिबेर अगाडी मात्रै सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । लोसपा सरकारमा सहभागी नै छैन । जनमत पार्टीलाई दिएको कृषि मन्त्रालय खोस्ने तयारी मुख्यमन्त्री यादवले गरेका छन् ।

मुख्यमन्त्री यादवले अपमानित गर्ने गरी जनमत पार्टीको तर्फबाट मन्त्री बसन्त कुशवाहाको कृषि मन्त्रालय खोसेको, कांग्रेस र नेकपा एसलाई आफूखुशी मन्त्रालय दिएर सरकारमा सहभागी गराउन लागेपछि तीन दल आवश्यक छलफलका लागि अलग बैठक बसेको बुझिएको छ ।

लोसपा संसदीय दलका नेता अभिराम शर्माले केन्द्रमा भएको सहमती विपरित मुख्यमन्त्री यादवले सरकार विस्तार गर्न खोज्दा आवश्यक निर्णय गर्न लोसपा, माओवादी र जनमत पार्टीको बैठक बसेको बताए ।

उनले भने– मुख्यमन्त्री बाहेक सबै मन्त्रालय खाली गर्ने सहमती भएको थियो । तर मुख्यमन्त्री यादवले सहमतीको उल्लंघन गरेका छन् । त्यसैले अब गर्ने विषयमा हामी छलफल गर्न बैठक बसेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *