राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष २०८००८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरेका थिए ।

जसलाई राष्ट्रिय सभाको मंगलवारको बैठकले बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा संशोधन हाल्ने सांसदहरुलाई आफ्नो संशोधन प्रश्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *