नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका र फरारहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

उक्त प्रकरणमा पक्राउ परेका १६ जना र बाँकी १४ जनाविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहितविरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारवाही गर्न माग गर्दै मुद्दा दर्ता गरेको हो ।

उक्त प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी, कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पालगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *