रवि लामिछानेविरुद्ध सर्वोच्चमा फेरि मुद्दा दर्ता, १७ जेठमा पेशी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।

रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सिन्धुलीका नागरिक युवराज सफलले २५ वैशाखमा दायर गरेको रिट सर्वोच्चले दर्ता गरिदिएको हो । यसअघि उक्त मुद्दा सर्वोच्चले २८ वैशाखमा सर्वोच्चले दरपीठ गरिदिएको थियो । तर अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त रिट दर्ता गर्न मंगलबार आदेश दिएको थियो ।

दर्ता भएको यो रिटको पेश १७ जेठका लागि तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *