गण्डकीको बजेट अधिवेशन आजदेखि

पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् । आज सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गर्नेछ ।

अर्थमन्त्री जीतप्रकाश आलेले आगामी वर्ष बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रबारे संसद्लाई जानकारी गराउनेछन् । त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुनेछ । असार १ गते सबै प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

आर्थिक मन्दी र विभिन्न कारणले आगामी वर्षको बजेट घट्ने अनुमान छ । चालू वर्षमा गण्डकीले ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक गरेको थियो । तर संघ सरकारले दिने अनुदान घटाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *