आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन हुँदैन : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिए । उनले व्यवस्था फेरिए पनि अवस्था नफेरिएकामा चिन्ता व्यक्त गरे ।

‘सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन् भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ’ मुख्यमन्त्री जम्कट्टेलले भने ‘हामी सबै मानवअधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तर विरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ’ उनले भने ।

उनले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाले उल्लेख गर्दै समावेशी रूपमा काम गर्न नीतिमा केही समस्या रहेको बताए । भन्छन् ‘आर्थिक, सामाजिक, राजनीतिक लगायतमा सहजता भए पनि कार्यान्वयनमा समस्या छ । ’

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानवअधिकारका विषयमा आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *