जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । डा. चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ ।

कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ ।

यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेन्डा समेत राखिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *