सत्तापक्षले संसद चलाउन चाहेनन् : महेश बर्तौला

काठमाडौँ । नेकपा एमाले का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताएका छन् ।

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन् । उनले राज्यको सम्पत्ति कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताए ।

आफूहरूले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मेवार नभएको उनको भनाई छ ।

उनले भने ‘यो अवरोध सरकारले गरेको हो । सरकारलाई सोध्नुहोस् । हामीले मुद्दा उठायौँ । सरकारले के थाहा पाउनुपर्छ भने यो देशमा राज्यको सम्पत्ति कति छ रु सरकार सबै बेखबर । किनकि यो सरकार आफैँ चलिराखेको छैन । यो सरकार परनिर्भर छ । यहीँबाट देखिन्छ, आफ्नो देशको सम्पत्ति कहाँ कति छ भन्नेकुरा बताउन सक्दैन रु यति बताउन सामर्थ्य नरहने सरकार यो सदन चलाउने कुरामा जिम्मेवार नै छैन । सदन छोडेर गइसक्नु भयो सरकार । सदनप्रति जिम्मेवार छैन । आजको संसद्को प्रक्रिया सरकारले अवरुद्ध ग¥यो । हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन । हामी फेरिपनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस् । हामीले उठाएको विषय देशलाई भन्दिओस् । जसरी सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ । त्यो कुरा के हो सरकारले भन्दिओस् । प्रस्ट पार्दिओस् आजै । त्यसपछि संसदीय प्रक्रिया अगाडी बढ्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *