सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना छैन : विष्णु पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन् ।

सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना नदेखिएको बताए । उनले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको बताए । उनले चलनचल्तीका कार्यक्रम घोषणा गर्ने बाहेक बजेटले केही गर्न नसकेको बताउनु भयो। उहाँले आम नेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने बताउनु भयो। उहाँले अर्थतन्त्र देखिएको संकट र मन्दीको अवस्थालाई जुन उचाइबाट समाधान दिनुपर्ने थियो त्यस हिसाबले बजेट आउन नसकेको बताए ।

उनले भने, ‘सरकारले ल्याएको बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन सकेन । चलनचल्तीका कार्यक्रम घोषणा बाहेक बजेटले केही गर्न सकेको छैन । आम नेपाली जनतामा आशा र भरोसा दिन सक्दैन । अर्थतन्त्र जुन संकट र मन्दीको अवस्थामा छ भन्ने कुरालाई बुझेर त्यसको उचाइबाट समाधान दिनुपर्ने थियो । त्यस हिसाबले बजेट आएको छैन । बजेट कार्यान्वयन हुने कुनै सम्भावना छैन । राजश्व परिचालनको दृष्टिकोणले गर्दा चालु आर्थिक वर्षमा दर्दनाक अवस्था छ । सरकारले ल्याएको बजेटले लिएका लक्ष्य अनुसार राजश्व परिचालन,पुँजीगत खर्च,लगानी र ६।५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न सक्दैन ।’

उनले राजश्व परिचालनको दृष्टिकोणले चालु आर्थिक वर्षमा दर्दनाक अवस्था रहेको भन्दै आगामी वर्षको बजेटले पनि लक्ष्य अनुसार राजश्व परिचालन,पुँजीगत खर्च,लगानी र ६।५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *