भारतले नेपालको भूभाग समेटेर राखेको नक्साप्रति सांसदको आपत्ति

काठमाडाैँ । भारतले नेपालको भूभागसमेत समेटेर भारतीय संसद भवनमा राखेको नक्साप्रति नेपालका सांसदहरुले संसदीय समितिमा आपत्ति जनाएका छन् । संसदको पूर्वाधार समितिको आजको बैठकमा भारतले नेपालको कपिलबस्तु र लुम्बिनीसहित पाकिस्तानदेखि म्यानमारसम्मको भूभाग समेटेर राखेको नक्साप्रति सांसदहरुले आपत्ति जनाएका हुन् ।

बैठकमा सांसद ठाकुर गैरले यस विषयमा जिज्ञासा राख्दै भारतीय संसद भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तुको नाम पनि रहेको विषय के हो ? भनी सरकारसँग जवाफ मागेका छन् । त्यस्तै अन्य सदस्यहरुले पनि यसबारे प्रश्न उठाएका छन् ।

बैठकमा जवाफ दिँदै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताए ।

‘यो विषय सरकारको नोटिसमा छ,’ मन्त्री बस्नेतले भने, ‘कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *