रेशमलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
मकालु खबर
२०८० जेठ १६ गते
काठमाडौँ । कैलालीको टीकापुर नरसंहारको घटनामा तीन तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएकार रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
उक्त घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशब बोहराकी श्रीमति शारदाले दिएको रिट सर्वोच्चमा दर्ता भएको हो ।
उक्त मुद्दाको पेशी बुधबारका लागि तोकिएको छ ।
कैलालीको टीकापुरमा ८ प्रहरीसहित एक बालकको ज्यान जाने गरी भएको नरसंहारको घटनाको मुख्य दोषीका रुपमा रेशमले जेल जीवन विताइरहका थिए । तर, उनलाई सरकारको सिफारिसमा १५ जेठको गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिले आम माफी दिएका हुन् ।
मकालु खबर
२०८० जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित