प्रधानमन्त्रीलाई एयरपोर्टमा यसरी गरियो बिदाइ (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमलदाहाल भारतको ४ दिने भ्रमणका लागि आज दिउँसो त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट उनी भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा ५ जना मन्त्रीहरु छन् । भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहाल रहेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीहरू तथा उच्च पदस्थ राजनीतिक नेताहरूले बिदाइ गरेका थिए । प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र माेदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ ।  भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली २० जेठमा स्वदेश फर्किने तालिका छ ।

यस्ता छन् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *