पुरानै संसदले ल्याएको विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहित विपरीत : रवि लामिछाने
मकालु खबर
२०८० जेठ १७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ संसद बनेको ६ महिनापछि पुरानै संसदले ल्याएको विधेयकप्रमाणीकरण गर्नु राष्ट्रपतिको मर्यादाविपरीतको कार्य भएको बताएका छन् ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसदले उत्पत्ति गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको र थाती रहेको विधेयकलाई प्रमाणीकरण गरेका हुन् ।
उक्त विधेयकले राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा, लोकतान्त्रिक तथा संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको उनले बताएका छन् ।
मकालु खबर
२०८० जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित