प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज
मकालु खबर
२०८० जेठ १८ गते
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन् ।
प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार हलमा दिवाभोजको आयोजना गरेका हुन् ।
भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्रीगण, उच्च सरकारी अधिकारी र अन्य सदस्यको सहभागिता थियो ।
मकालु खबर
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित