एमालेको सचिवालय बैठक शुक्रबार बस्ने
मकालु खबर
२०८० जेठ १८ गते
नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने उनले बताएका छन्। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।
यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो। रासस
मकालु खबर
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित