नागरिकता विधेयकविरुद्ध संसद् भवनमा धर्ना दिँदै नेमकिपा
मकालु खबर
२०८० जेठ २१ गते
भक्तपुर । राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।
बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए । धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुनेछ ।
यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो । त्यस पछि निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौँमा जुलुस र धर्ना गर्न लागेको हो ।
मकालु खबर
२०८० जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित