गण्डकीको नीति : फ्राइडे फर फ्युचर कार्यक्रम सञ्चालन हुने

पोखरा । गण्डकीमा विद्यार्थीहरुको बहुप्रतिभाको पहिचान गर्न `फ्राइडे फर फ्युचर´ कार्यक्रम लागू गर्ने भएको छ ।

विद्यार्थीहरुका शैक्षणिक बाहेक अतिरिक्त क्रियाकलाप मार्फत प्रतिभा पहिचान गर्ने र बढवामा टेवा पुग्ने गरी कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस्तै, प्रदेशभित्रका सामुदायिक क्याम्पसलाई कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम मार्फत सामुदायिक विद्यालयको क्षमता विकासमा टेवा पुर्याउने कार्यक्रम ल्याएको छ ।

पोखरामा बौद्विक अपांगता भएकाहरुको शिक्षामा पहुँच पुर्याउन आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *