कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
मकालु खबर
२०८० जेठ २१ गते
सुर्खेत । कर्णाली प्रदेश सभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भइसकेको छ । प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
मकालु खबर
२०८० जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित