छात्रवृत्ति नदिने ३४२ विद्यालयको अनुमति खारेज गर्ने बालेनको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयलाई अनुमति खारेज गर्ने चेतावनी दिएका छन् । महानगरले छात्रवृत्ति वितरण नगर्ने विद्यालयको सूची सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।
महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी गराउन भनेको थियो । उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने विद्यालयलाई महानगरको शिक्षा विभागले धन्यवाद ज्ञापन गरेको छ । हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको भने मंगलबार सूची सार्वजनिक गरिएको हो ।
ती विद्यालयलाई यही जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न निर्देशन दिइएको छ । त्यसो नगरेमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा हदैसम्मको कारबाही गरिने चेतावनी दिइएको छ ।
हेर्नुस् सूचना :-