मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. साहको निधन

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । लिभर क्यान्सर र कलेजोसम्बन्धी समस्याबाट पीडित डा. साहको भारतको दिल्लीस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

हाडजोर्नी सम्बन्धी चर्चित डा. साहको स्वास्थ्यमा समस्या देखिएपछि एक साता अगाडी दिल्ली लगिएको थियो । तत्कालीन लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारले १८ माघ ०७७ मा डा. साहलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *