पोखरामा ड्रागन बोट रेस हुने, आइपुग्यो चिनियाँ विशेष डुंगा

पोखरा । पोखरामा असार ८ र ९ गते ड्रागन बोट रेस फेस्टिभल हुने भएको छ । चिनियाँ पर्यटक बढाउन र नेपाल चीनबीचको सम्बन्ध सुमधुर बनाउन उक्त प्रतियोगिता हुन लागेको हो ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा फेवातालमा बोट रेस हुनेछ । त्यसका लागि चीनबाट ८ वटा विशेष खालका डुंगा पोखरामा ल्याइएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार डुंगाको परीक्षण समेत गरिएको छ । चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुंगा दौड हुनेछ ।

नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा ६० जना खेलाडीसहित दुई सय ६० जना चिनियाँ पर्यटक विमान चार्टर्ड गरेर पोखरा आउने छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सोही दिन अन्तर्राष्ट्रिय उडान हुनेछ । फेस्टिवलमा २ करोड ५० लाख खर्च हुने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *