विनोद चौधरीले बाेलेकाे असंसदीय शब्द रेकर्डबाट हटाइयो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाको बैठकमा धारणा राख्ने क्रममा बोलेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइएको छ । सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएपछि हटाइएको हो ।

सांसद चौधरीले नेपालमा रासायनिक मलको व्यवस्था खेती लगाउने सिजन भएपछि अन्तिम अवस्थामा मात्र गर्ने प्रचलन रहेको बताएका थिए । उनले यही वास्तविकता बुझाउन नेपाली भाषामा परम्परादेखि प्रचलित उखान ‘जब पर्यो राती, तब …. ताती’ भन्ने उखान सुनाएका थिए ।

महिलालाई होच्याउने यस्तो उखान प्रयोग भएपछि महिला सांसदहरुले नियमापत्ति गर्दै उक्त शब्द संसदको रकर्डबाट हटाउन माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *